भोलि नेपाल र युएईबीचको खेलमा पानी पर्ने सम्भावना निकै कम

नेपाल र युनाइटेड अरब इमिरेट्सबीच बुधबार विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल हुँदै

भोलि नेपाल र युएईबीचको खेलमा पानी पर्ने सम्भावना निकै कम

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्सबीच बुधबार विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल हुँदैछ । नेपाललाई सिधै एकदिवसीय ग्लोबल छनोटमा पुर्याउन लिगको अन्तिम खेल जित्नैपर्ने छ । तर बिहीबार मौसम बाधक बन्ने हो कि भन्ने चिन्ता छाएको छ ।

मंगलबार रातिदेखि देशभरको मौसममा एक्कासि परिवर्तन आएसँगै बिहीबारको महत्वपूर्ण खेल प्रभावित बन्नेमा चिन्ता र चासो देखिएको हो । मंगलबार राति काठमाडौंमा प्रतिघन्टा ५० किलोमिटरको दरमा आएको हावाहुरी र बुधबार बिहानैदेखि मौसम बदलीपछि क्रिकेटप्रेमीमा वर्षाले खेल प्रभावित पार्नसक्ने चिन्ता छाएको हो । तर, मौसमविद् विमल पोखरेलले भने बिहीबार मौसममा परिवर्तन आए पनि पानी पर्नसक्ने सम्भावना निकै कम भएको बताएका छन् । मौसमविद् पोखरेलले बुधबार दिउँसो ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन् ।

‘भोलि हुने नेपाल र युएईबीचको क्रिकेट खेलको मौसम सामान्य बदली हुने, तर पानी पर्ने सम्भावना एकदमै थोरै मात्र देखिन्छ,’ उनले लेखेका छन् । पोखरेलले १ देखि ३ बजेसम्म पानी पर्ने चान्स निकै कम भएको बताए ।

नेपालले युएईसँगको खेल जितेमा ४० अंकसहित सिधै विश्वकपको ग्लोबल छनोटमा पर्नेछ । अहिले नामिबिया नेपालभन्दा एक अंकमाथि ३९ अंकका साथ लिग–२ को तेस्रो स्थानमा छ । पहिलो स्थानमा स्कटल्यान्ड र दोस्रो स्थानमा ओमान छन् । नेपालले लिगको ११ मध्ये १० खेल जितेर सनसनी मच्चाएको छ । योसँगै नेपालको एकदिवसीय वरीयतामा तीन स्थान सुधार भएको छ ।

खबरपाटी
खबरपाटी