नेपालले गुमायो पाँचौं विकेट, आरिफ शेख आउट

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध् नेपालले पाँचौं विकेट गुमाएको छ। २९ रन बनाएर आरिफ शेख आउट भएका छन्।

नेपालले गुमायो पाँचौं विकेट, आरिफ शेख आउट

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध् नेपालले पाँचौं विकेट गुमाएको छ। २९ रन बनाएर आरिफ शेख आउट भएका छन्।

४३ बल खेलेका शेखले २ चौकाको मद्दतमा ३२९ रन बनाएका हुन्।

शेख आउट भएसँगै नेपालले महत्वपूर्ण साझेदारी गुमाएको छ। खराब सुरूवात गरेको नेपाललाई शेख र कुशल मल्लले लयमा फर्काएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले आफ्ना दुबै ओपनर कुशल भूर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो। 

त्यसपछि क्रिजमा आएका कप्तान रोहित कुमार पौडेलले पनि २२ रन मात्र जोड्न सके। अर्का ब्याट्समेन भीम सार्की पनि ३३ रन बनाएर पेबेलियन फर्किए।

अहिले ३२।१ ओभरको खेल चलिरहँदा नेपाल ५ विकेटको क्षतिमा १४९ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन्। मल्ल ३९ बलमा २० रन र ऐरी ६ बलमा ३ रन बनाएर खेलिरहेका छन्।

खबरपाटी
खबरपाटी