नेपालले गुमायो छैठौं विकेट, दीपेन्द्रसिंह ऐरी आउट

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालले छैठौं विकेट गुमाएको छ। ७ रन बनाएर ऐरी आउट भएका छन्।

नेपालले गुमायो छैठौं विकेट, दीपेन्द्रसिंह ऐरी आउट

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालले छैठौं विकेट गुमाएको छ। ७ रन बनाएर ऐरी आउट भएका छन्। 

उनलाई आयन खानले बोल्ड गराएका हुन्।

३५।४ ओभरको खेल चलिरहँदा नेपाल ६ विकेटको क्षतिमा १७४ रन बनाएर खेलिरहेको छ। क्रिजमा अहिले कुशल मल्ल र सोमपाल कामी छन्। मल्ल भने उत्कृष्ट लयमा छन्। उनले ५१ बलमा ७१ रन बनाएका छन्। 

यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा पनि मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकीय पारी खेलेका थिए।

खबरपाटी
खबरपाटी