यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल, हेर्नुहोस् (फोटो) सहित
२ चैत २०७९, बिहिवार
एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ। नेपालका लागि ललित राजवंशीले विकेट दिलाएका हुन्।
उनले ४।३ ओभरमा जतिन्दर सिंहलाई बोल्ड गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।
यस्तै सोमपाल कामीले पनि ६३ रन बनाउँदै अर्धसतकीय पारी खेले। ४८ बलमा उनले ९ चौका प्रहार गरे।
यसअघि पहिलो खेलमा नेपालले मलेसियाविरूद्ध ६ विकेटको शानदार जित हात पारेको थियो।