यूएईविरुद्ध नेपाललाई सातौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट

यूएईविरुद्ध नेपाललाई सातौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट

घरेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले सातौँ विकेट गुमाएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले सातौँ सफलता दिलाएका हुन् । सन्दीपले आयन अफ्जल खानलाई पाँच रनमा आउट गराए । सन्दीपले यसअघि रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए ।

यूएईले २६ ओभरको समाप्तिमा सात विकेटको क्षतिमा १०३ रन बनाएको छ ।

त्यस्तै, करण केसीले दुई, सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराएका थिए । ललितनारायणले रामिज शाहजादलाई एक रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए । 

यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

खबरपाटी
खबरपाटी