यूएईविरुद्ध नेपाललाई छैटौँ सफलता गुल्सनले लिए विकेट

यूएईविरुद्ध नेपाललाई छैटौँ सफलता गुल्सनले लिए विकेट

घरेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले छैटौँ विकेट गुमाएको छ ।

नेपालका लागि गुल्सन झाले छैटौँ विकेट दिलाएका हुन् । उनले बासिल हामिदलाई १० रनमा आउट गराए । पानी परेर रोकिएको खेल पुनः सुरूभएपछि नेपालले विकेट लिन सफल भएको हो । यूएईले २३ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ९२ रन बनाएको छ ।

यसअघि करण केसीले दुई, सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराएका थिए । ललितनारायणले रामिज शाहजादलाई एक रनमा आउट गराए ।

त्यस्तै, सन्दीपले रोहन मुस्तफालाई दुई रनमा आउट गराए । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

 

खबरपाटी
खबरपाटी